बझाङ । सदरमुकाम चैनपुर नजिकै करीव १५ मिनेटको पैदल दुरीर सवारीसाधनमा २ मिनेटको दुरीमा रहेको गिठापनि सामुदायिक बन (रानीवन) मा रेष्टुरेन्ट सञ्चालनमा आएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका वडा नँ ९ रिठापाटा देवलका स्थानीय युवा शैलु खड्काले व्यवस्थित आकर्षक रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् ।
पछिल्लो समय बिदाको दिन होस् या खाली समयमा त्यहाँ मनोरञ्जनका लागि जाने गरेका छन । रानीवनमा युवा युवती वृद्ध वृद्धा बालबालिका घुम्न आउनेहरुको भीड बढेपछि व्यवस्थित रुपमा रेष्टुरेन्ट सञ्चालन गर्ने गरिएको बताउँछन् ।
खड्काले गिठापानी सामुदायिक वन उपभोक्ता समितिको मातहतमा रहेको उक्त ठाउँमा रेष्टुरेन्ट गरेपछि वनको रेखदेख र सँगसँगै केही रकम दिएर रेष्टुन्ट पनि सञ्चालन गर्ने सहमति भएपछि रेष्टुरेन्ट सञ्चालनका लागि २० लाखभन्दा बढी खर्च भइसकेको सुनाए ।
अहिले रानीवनमा रमाइलो गर्नका लागि विभिन्न सुविधाहरु रहेका छन् । वनको बिचमा खुल्ला चौर रहेको आकर्षक चौताराहरु, बालबालिकाहरुका लागि खेल्ने चौर, सौचालय, वालमैत्री धारा, गोलघर, फलामे झुलाहरु, विभिन्न आकृतिका कलाकृतिहरु बैठक गोष्टी बर्थडे पार्टीका आकर्षक ठाउँ हलको सुविधा पनि छ ।
त्यस रेष्टुरेन्टनको वरिपरि काफल, अमला, त्रिमणा चुथ्रो ऐसेलु र सल्ला, बाज ठिन्क्या लालिगुराँसलगायत विभिन्न प्रजातिका बोटहरुवारु मौसम अनुसारका फलफूलहरु पाकेको देखिन्छ ।
कस्तो छ त रानिवन, कस्तो देखिन्छ चैनपुर बजार ?
सदरमुकाम चैनपुरको पश्चिमतर्फ अर्थात बसपार्क रहेको ठाउँबाट उत्तरपस्चिम तर्फ ५ मिनेटको पैदल वाटपनि पुग्न सकिन्छ वा सवारीसाधनबाट १ मिनेटमै पुग्न सकिन्छ ।
सडकको छेउमै आकर्षक गेट र टिकट घर (पछिका लागि) काट्ने घरभित्र छिरिसकेपछि सवारीसाधन पार्किङको लागि खुल्ला चौर रेष्टुरेन्टसम्म जानको लागि मनोरम वातावरणसहित आकर्षक सिँडी रहेका छन । सिँडी चढ्ने बित्तिकै र घना जंगलको बिचमा एक्लै हिँडिरहेको र चराचुरुङ्गीहरुको आवाजले मनै सान्त तुल्याउने गरेको वुगल नगरपालिकाका मानबहादुर धामीले बताए ।
धामीले कलेज सकिएपछि खाली समयमा कयौँ पटक काफल ऐसेलु खान साथीहरुसँग त्यहाँ पुगेको बताए । रेष्टुरेन्ट रहेको ठाउँबाट तल खाल्डोमा रहेको सेती नदी र वाहुलि गाडको बिचको टापुजस्तो देखिने ठाउँमा रहेको जयपृथ्वी नगरपालिकाको आधा जस्तो भू–भाग (उपत्यका जस्तैः देखिने) चैनपुर बजार, सिमखेत भोपुर गोलाई, पडेस, मोर्तोली, पिमि कैलास, बस्टी पुगर मस्टा गाँउपालिकाको आधा जस्तो भू–भाग धामिगाउ, रनाडा, पुरिगाउ, तुति भातेखाला, देखिन्छ भने रेष्टुरेन्टनको माथिल्लो भू–भागबाट जयपृथ्वी नगरपालिकाको धामिलेख सेलाखेत ग्वानी सल्यान खाराबगर बारील, लगाएतत सुर्मा गाँउपालिकाका आधा भू–भाग र बझाङ–बाजुरा–हुम्ला र चिनको स्वसासित क्षेत्र तिब्बतमा रहेका आकर्षक लस्करै रुपमा हिमालहरु पनि देखिन्छन् ।
रेष्टुरेन्ट सञ्चालन गरेपछि खड्काले यसबाट धेरै लाभ लिन नसिए पनि आफू सन्तुष्ट रहेको र यसको विकासका लागि स्थानीय सरकार, प्रदेश सरकार, डिभिजन वन कार्यालय लगाए सरोकारवालाहरुले बाकीँ रहेका भौतिक पूर्वाधारका विषयमा ध्यान दिन जरुरी रहेको बताए ।
बझाङ
प्रतिक्रिया