बझाङ । सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री मानबहादुर सुनारले जिल्लाका सुर्मा गाँउपालिका र दुर्गाथली गाउँपालिकामा कृषि तथा पशुपंछी कार्यक्रमको स्थलगत अनुगमन गरेका छन् ।
शनिबार मन्त्री सुनार, जिल्ला कृषि ज्ञान केन्द्र बझाङका कार्यालय प्रमुख टेकबहादुर विष्ट, जिल्ला समन्वय समिति सदस्य टोपबहादुर खड्कालगायतको टोलीले अनुगमन गरेको हो ।
अनुगमनका क्रममा मन्त्री सुनारले बझाङ जिल्लामा कृषि र किसानको हितमा मन्त्रालय प्रतिबद्ध रहेको र अनुदानका कार्यलाई आगामी दिनहरुमा व्यवस्थित बनाईने र कोल्डस्टोरमा नभई नहुने भएकाले यसमा ध्यान दिइने, युवा र महिलामैत्री लक्षीत कृषि नीति तथा कार्यक्रमहरु ल्याइने बताए ।
त्यस्तै, जिल्ला कृषि ज्ञान केन्द्र बझाङका प्रमुख विष्टले आगामी दिनहरूमा बझाङ जिल्लामा कृषि कार्यक्रममा पूर्ण सुसाशन र पारदर्शिता अपनाईने, जिल्लालाई कृषि बस्तुमा आत्मनिर्भर बनाईने, निर्यातलाई बढावा दिने, युवालाई कृषिमा आकर्षणको नीति ल्याईने बताए ।
बझाङ
प्रतिक्रिया