पास्टर एकता जागृति अभियानले मनायो ख्रिष्टमस महोत्सव

मकवानपुर । येशू ख्रिष्टको जन्मोत्सव एवं ईसाईहरुको पर्व क्रिसमसको पूर्वसन्ध्यामा पास्टर एकता जागृति अभियान दक्षित भेग हेटौँडा–१५ ले ख्रिष्टमस महोत्सव—२०७९ मनाएको छ । आज हेटौँडा—८ चिल्ड्रेन पार्क, कमानेमा विविध कार्यक्रम आयोजना गरि ख्रिष्टमस मनाएको हो । पास्टर नवराज घलानले सुरुवाती प्रार्थना गर्दै सबैलाई शुभकामना व्यक्त गरे । कार्यक्रममा हेटौँडा—८ का वडाध्यक्ष रामकृष्ण थापाको प्रमुख आथित्यता थियाे भने, पास्टर एकता जागृति अभियान दक्षित भेग हेटौँडा–१५ का अध्यक्ष पास्टर दर्शन पाख्रिन र हेटौँडा—१५ को वडाध्यक्ष सुनलि मोक्तानको उपस्थिती रहेकाे थियाे ।

कैदीबन्दीलाई सहयोग

मकवानपुर ईसाई समाजले मकवानपुरको भीमफेदी कारागारमा रहेका कैदीबन्दीहरुसंग ख्रिष्टमस मनाएको छ । मकवानपुर ईसाई समाजका अध्यक्ष निमटोल्मा आचार्यको सभाध्यक्षता तथा भीमफेदी कारागारका प्रमुख मदन थिङको प्रमुख आथित्यतामा कार्यक्रम भएको हो । ईसाई समाजले कारागारभित्र रहेका दुवै ब्लकमा करिब हजार जना कैदीबन्दीहरुलाई यथेष्ट पुग्ने गरी वृहत प्रितीभोजका लागि खाद्यसामग्री र सोलिडारिटी इन्टरनेशनल एकेडेमीको तर्फबाट एक थान एम्प्लीफायर, एकथान केजन र फ्रिडम फर फ्री सम्बद्ध प्रवेश पोखरेलले एकथान किबोर्ड समेत बिशेष उपहारस्वरुप हस्तान्तरण गरिएको समाजका सचिव अभिषेक उप्रेतिले बताए ।

इसाई धर्मलम्बीहरुले येशु ख्रिष्टको जन्मदिनको अवसर पारेर हरेक वर्ष डिसेम्बर २५ तारिखका दिन ख्रिष्टमस मनाउने गर्छन ।

रूपक कालिराज

मकवानपुर

प्रतिक्रिया