धनगढीमा चोरी गर्न आएको समूहले गोली चलाए

सांकेतिक तस्बिर

धनगढी । कैलालीको धनगढी उपमहनगरपालिका–९ शिवरामनगरमा डाँका समूहले गोली चलाएको छ । स्थानीयको घरमा चोरी गर्न आएका डाँकाहरुको समूहले मंगलबार बिहान गोली चलाएको हो । स्थानीय प्रजापति विष्टको घरमा चोरी गर्न आएको समूहलाई प्रतिकार गरी धपाउन खोज्दा उक्त समूह फायरिङ गर्दै भागेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार घरभित्र पसेको उक्त समूह र बिष्टबीच झडप भएको र बिष्टको ढाडमा सामान्य चोट लागेको छ ।

चोरी गर्न पसेको समूहसँग प्रतिकार गरेपछि चोरी गर्न आएको समूह स्थानीयलाई तर्साउने गरी हवाइ फायरिङ गर्दै भागेको बुझिएको प्रवक्ता जोशीले बताए । स्थानीयले भनेको घटनास्थलमा गोलीका दुईवटा खोका पनि भेटिएको प्रहरीले जनाएको छ । चोरी गर्न आएको उक्त समूह सीमापारि भारतबाट आएको हुन सक्ने अनुमान रहेको र सोही अनुसार अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया