ढुंगा लागेर हाइड्रोपावरका कामदार थारुको मृत्यु

पाँचथर । जिल्लाको याङवरक गाउँपालिका– ३ स्तिथ सामाखु इङवा हाइड्रोपावरका कामदार ३३ वर्षीय लालबहादुर थारुको ढुंगा लागेर मृत्यु भएको छ ।

उनी आइतबार बिहान जेसिबिले बाटो खन्ने क्रममा ढुंगा खसेर लागेपछि घाइते भएका थिए ।

घाइते थारुको उपचारको क्रममा आज दिउँसो जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । बर्दिया जिल्लाका बासीन्दा थारु उक्त हाइड्रोपावरमा काम गर्दै आएका थिए ।

प्रतिक्रिया