आफ्नो क्षेत्रमा पुनः मतदानको माग गर्दै झलनाथ खनालद्वारा सर्वोच्चमा रिट

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले इलाम क्षेत्र नम्बर १ मा पुन मतदात माग्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

खनालको रिट मंगलबार संवैधानिक इजलासका लागि दर्ता भएको सर्वोच्चले जनाएको छ ।

खनाललाई पराजित गर्दै उक्त क्षेत्रमा नेकपा एमालेका उम्मेदवार महेश बस्नेत विजयी भएका थिए । बस्नेतले २५७५३ मत ल्याएका थिए भने खनालले २३०८९ मत ल्याएका थिए ।

प्रतिक्रिया