ईभी नेपाल मोटर्सको नयाँ गाडी सार्वजनिक

काठमाडाैं । काठमाडौंको नक्सालमा ईभी नेपाल मोटर्सले नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । लामो समयदेखि दुई पांग्रे सवारीसाधनको बिक्री–वितरण गर्दै आएको ईभी नेपाल मोटर्सले आफ्ना ग्राहकहरूको अपार माया र सन्तुष्टिपछि चार चक्केबाट अत्याधिक सेवा सुविधा दिलाउने उद्देश्य लिई उक्त शो रुम सञ्चालनमा ल्याएको हो ।

स्तरीय अन्तर्राष्ट्रिय गाडी उत्पादक ब्राण्ड हो । यसले हाल वुलिङ मोटर्सअन्र्तगत पीटी एसजीएमडब्लु मोटर इन्डोनेसियाको लागी उक्त शोरुम सञ्चालनमा ल्याउनुका साथै इन्डोनेशियामा निर्मित ४ सिट क्षमता भएको, अमेरिकन जी मोटर्सको पनि लगानी रहेको वुलिङ एयर ईभी कार लन्च गरेको छ । इलेक्ट्रिक गाडी विभिन्न मोडेल र रंगहरूमा उपलब्ध रहेका छन् ।

२००/३०० किमी माइलेज रहेको ४ घण्टा ब्याट्री चार्जिङ्ग क्षमता र ८ वर्ष वारेन्टी सुविधा रहेको संसारकै बढी बिक्रीमा परेको वुलिङ ईभी टेस्लापछी दोस्रो न.मा यसको बिक्री भएको पुष्टि भएको छ । अब नेपालभरी नै ईभी नेपाल मोटर्स (बज्र ग्रुप) ले डिलर सञ्जाल बढाएर बिक्री वितरण गर्ने लक्ष्य राखेको छ । उक्त गाडीले ड्राईभिङमा आत्मविश्वास बढाउनुका साथै अति सुरक्षित, सुविधाजनक, आरामदायी र भरपर्दो रहेको कम्पनीले जनाएको छ ।

नेपाललाई धुवाँधुलोरहित बनाउने सोचका साथ अघि बढेको इ भी नेपाल मोटर्स ग्राहकहरुको माया र सन्तुष्टिले आज यहाँसम्म आइपुग्न र नयाँ शोरुमको थालनी गर्न सफल भएको कम्पनीले जनाएको छ । नक्सालमा रहेको उक्त शोरुम बिहान साढे ९ बजेदेखि साँझ साढे ६ बजेसम्म खुला रहने छ ।

प्रतिक्रिया