नेपाल मर्चेन्ट बैंकर्स संघकाे अध्यक्षमा विजयलाल श्रेष्ठ

काठमाडाैं । नेपाल मर्चेन्ट बैंकर्स संघको १३औं वार्षिक साधारण सभा आज (मंसिर २२ गते, बिहीबार) क्लब हिमालय, नगरकोटमा सम्पन्न भएकाे छ । उक्त वार्षिक साधारण सभाले पेस भएका अन्य प्रस्ताव उपर छलफल गरी सर्वसम्मतीका साथ पारित गर्दै नयाँ कार्य समिति चयन निर्वाचनको प्रक्रियाबाट विजय लाल श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरिएकाे छ ।

नवनिर्वाचित कार्य समिति :

विजय लाल श्रेष्ठ, सनराइज क्यापिटल लिमिटेड – अध्यक्ष

पारस मणी ढकाल, ग्लोबल आइएमई क्यापीटल लिमिटेड – उपाध्यक्ष

रमेन्द्र रायमाझी, एनआइसि एशिया क्यापिटल लिमिटेड – महासचिव

मनिष नारायण जोशी, नबिल इन्भेष्टमेण्ट बैंकिङग लिमिटेड – कोषाध्यक्ष

नारायण प्रसाद घिमिरे, नागरिक लगानी कोष – सदस्य

दिनेश थकाली, प्रभु क्यापिटल लिमिटेड – सदस्य

नविन बास्कोटा, नेपाल लाइफ क्यापिटल लिमिटेड – सदस्य

मेख बहादुर थापा, एनआइविएल एस क्यापिटल लिमिटेड – मानार्थ सदस्य (निवर्तमान अध्यक्ष)

प्रतिक्रिया