सिद्धार्थ बैंकद्वारा १३ प्रतिशत लाभांश घोषणा

काठमडौ । सिर्दाथ बैंक संचालक समितिको बैठकले आ.व. २०७८÷७९ को वितरणयोग्य नाफाबाट बैंकका शेयरधनीलाई १२.५० प्रतिशत बोनस शेयर र ०.६६ प्रतिशत नगद लाभांश गरी कुल १३.१६ प्रतिशतको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकको हाल कायम रहेको चुक्ता पूँजी १२ अर्ब ५२करोड ४४ लाख २६ हजार ८सय ३१ रुपैयामा १२ दशलमव ५० प्रतिशत बराबरको १ अर्ब ५६ करोड ५५ लाख ५३ हजार ३ सय ५४ रुपैया बोनस शेयर तथा शुन्य दशमलव ६६ प्रतिशत बराबरको ८ करोड २३ लाख ९७ हजार ५ सय ४५ रुपैया नगद लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पश्चात तथा बैंकको आगामी साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ ।

बैंकले हाल देशभर १ सय ९३ वटा शाखा, १ सय १८ शाखारहित बैंकिग, २ सय १५ एटिएम, १ हजार ७ सय भन्दा बढी पिओएस मेसिन र २० हजार भन्दा बढी क्युआर मर्चेन्ट मार्फत् उच्चस्तरिय बैंकिग सेवा प्रदान गर्दै आएको छ । साथै, बैंकले आफ्नो सेवा सञ्चालनमा डिजिटल माध्यमलाई अधिकतम महत्व दिदै सुरक्षित तरिकाले अनलाईनबाटै बचत, मुद्दती र डिम्याट खाता खोल्न सकिने, डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिने जस्ता विभिन्न डिजिटल बैंकिग सुविधा वेबसाइटमा रहेको इजी बैक पोर्टल मार्फत समेत प्रदान गर्दै आएको उल्लेख छ ।

प्रतिक्रिया