लमजुङमा ३०औँ त्रिवेणी कप हुने, प्रथमलाई रु पाँच लाख पुरस्कार

लमजुङ । ३०औँ त्रिवेणी राष्ट्रव्यापी फुटबल प्रतियोगिता यही पुस १२ गतेदेखि बेसीशहरमा सञ्चालन हुने भएकोे छ । जिल्लामको सदरमुकाम बेसीशहरमा रहेको त्रिवेणी युवा क्लबको आयोजनामा उक्त प्रतियोगिता हुने भएको हो ।

उक्त प्रतियोगितामा पहिलो हुने टिमलाई नगर रु पाँच लाख, त्रिवेणी कप, स्वर्ण पदक र प्रमाणपत्र दिइने आयोजक त्रिवेणी क्लवले मंगलबार पत्रकार सम्मेलनका क्रममा जानकारी दिइएको हो । प्रतियोगितामा द्वितीय हुने टिमलाई नगद रु तीन लाख, काश्य पदक र प्रमाणपत्र प्रदान गरिने छ ।

त्यस्तै सेमिफाईनलका उपविजेता २ टिम रहनेछन् जसले रु ५०–५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्रिवेणी फुटबल प्रतियोगिताको स्थापनाकालीन इतिहासको स्मरण गर्दै खेतका ग्रहाक आली फोरेर त्यो पनि भाडामा लिएर एक खशी र नगद तीन हजार रुपैयाँ पहिलो पुरस्कारबाट सुरु गरेर आज ३०औँ वर्षमा आउँदा फूल साइजको खेल मैदानमा प्रतियोगिता सञ्चालनका साथमा पहिलो पुरस्कार पाँच लाख वितरण गर्न सक्ने हुनु आफैमा गौरव भएको आयोजकले जनाएको छ ।

आयोजकका अनुसार सो प्रतियोगीताको उपलब्धी त्रिवेणी क्लवको मात्र नभई सिङ्गै लमजुङ जिल्ला र जिल्लावासी सबैको हो । जिल्लामा विभिन्न सञ्चार माध्यममा आवद्ध पत्रकारहरुले राखेको जिज्ञासाको जवाफ क्लवका अध्यक्ष एवं भूपु सैनिक आमाविका प्रिन्सिपल विनोद गुरुङले गरेका थिए ।

उक्त प्रतियोगिता आउँदो पुस १२ गतेदेखि बेसीशहर नगरपालिका– ७ को सहजीस्थित खेल मैदानमा विगत वर्ष झैँ सञ्चालन हुने घोषणा गरिएको छ ।

प्रतिक्रिया