कालिकोटबाट कर्णाली प्रदेशसभामा दुई महिला नेत्री मनोनित

कालिकोट । कालिकोट जिल्लाबाट कर्णाली प्रदेशशभामा दुई जना महिला नेत्री मनोनित भएका छन् । नेकपा एमालेबाट नेत्री दक्षिणा शाही कर्णाली प्रदेश सदस्यमा समानुपातिकमा परेकी छन् ।

नेकपा एमाले केन्द्रिय कमिटी सदस्यसमेत रहेकी शाही समानुपातिक कर्णाली प्रदेश सदस्यमा उम्मेदवार थिइन् । उनी महिला खस आर्य कोटाबाट प्रदेश सदस्यमा निर्वाचित भएकी हुन् ।

यस्तै नेकपा माओवादी केन्द्रबाट महिला नेत्री एशोदा न्यौपाने पनि समानुपातिबाट कर्णाली प्रदेशसभा सदस्यमा मनोनित भएकी छन् ।

महिला खसआर्यबाट समानुपातिक सांसदमा उनी मनोनित भएकी हुन् । नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य समेत रहेकी नेत्री न्यौपाने खस आर्यबाट समानुपातिक लिष्टमा परेकी छन् ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया