एमालेले हारेपछि दोलखाका जिल्ला सचिवद्वारा राजीनामा

काठमाडौं । पार्टीले दोलखा जिल्लाको प्रतिनिधि सभा निर्वाचनमा पराजय बेहोरेपछि नेकपा एमालेका जिल्ला कमिटी सचिव हिराकुमार तामाङले आफ्नो पदबाट राजीनामाको घोषणा गरेका छन् । तामाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रतिनिधि सभा निर्वाचन २०७९ मा नेकपा एमाले दोलखाको पराजयमा नैतिक जिम्मेवारी लिँदै नेकपा एमाले जिल्ला कमिटीको सचिवबाट राजीनामा घोषणा गर्दछु ।’ तामाङ मैलुङ गाउँपालिकाका अध्यक्ष पनि हुन् ।

दोलखाको प्रतिनिधि सभातर्फ एमालेका बालकृष्ण शिवाकोटी पराजित भएका छन् । उनलाई नेकपा माओवादी केन्द्रका गङ्गा कार्कीले हराए । उता प्रदेशसभा–१ मा नेपाली कांग्रेका उम्मेदवार कुन्दनराज काफ्नो निर्वाचित भएका छन् भने प्रदेशसभा–२ मा एमालेका भरतबहादुर केसी निर्वाचित भएका छन् ।

प्रतिक्रिया