दोलखाबाट प्रतिनिधिसभामा माओवादीका गङ्गा कार्की विजयी

काठमाडौं । दोलखाबाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा (माओवादी केन्द्र) का गङ्गा कार्कीले ३६ हजार ७ सय ९९ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका प्रतिस्पर्धी नेकपा (एमाले) का बालकृष्ण शिवाकोटीले ३६ हजार ४ सय ८२ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए । उनका बीचमा तीन सय १७ मतान्तर रहेको छ ।

दोलखा प्रदेशसभा–१ मा नेपाली कांग्रेसका कुन्दनराज काफ्ले र प्रदेशसभा २ मा एमालेका भरतबहादुर केसी विजयी भएका छन् । जिल्लामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए ।

कूल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए । कूल मत ८५ हजार तीन सय ८८ खसेको थियो ।

प्रतिक्रिया