बाजुराबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका पाण्डे विजयी

धनगढी । बाजुराबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डे विजयी भएका छन् ।

कांग्रेसका सहमहामन्त्री समेत रहेका पाण्डेले निकटतम प्रतिष्पर्धी एमाले उम्मेदवार कर्णबहादुर थापालाई पराजित गर्दै विजयी भएका हुन ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कांग्रेसका पाण्डेले ३१ हजार ७८६ मत प्राप्त गरि विजयी भएका छन् भने एमालेका थापाले २६ हजार ३४९ मत प्राप्त गरि पराजित भएका छन् ।

प्रतिक्रिया