समानुपातिकतर्फ १,०४,०४,७६६ मत गन्दा कुन दलको कति ?

काठमाडौं । यही मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मतगणना अन्तिम चरणमा छ । प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमध्ये १६२ स्थानको मतपरिणाम सार्वजनिक भइरहेको छ भने दोलखा, स्याङ्जा–२ र बाजुरामा मतगणना भइरहेको छ । प्रत्यक्षतर्फ हालसम्म नेपाली कांग्रेसले ५५ सिट जितेर पहिलो स्थान हासिल गरेको छ भने दोस्रो स्थानमा रहेको ४४ सिटमा जित हात पारको छ ।

समानुपातिकतर्फ भने नेकपा एमालेले अग्रता कायमै राखेको छ। समानुपातिकतर्फ हालसम्म १ करोड ४ लाख ४ हजार ७६६ मत गणना (सदर मत) भएको छ । पहिलो स्थानमा रहेको एमालेको २७ लाख ८३ हजार ३८७ मत छ भने दोस्रो स्थानमा रहेको कांग्रेसको २६ लाख ५२ हजार ६२८ मत छ ।

तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ११ लाख ६१ हजार ८८० मत पाउँदा चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २३ हजार ७८ मत पाएको छ ।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीको ५ लाख ८६ हजार २५९, जनता समाजवादी पार्टीले ४ लाख २० हजार ९४३ र जनमत पार्टीले ३ लाख ९४ हजार ३८५ मत पाएको छ ।समानुपातिकतर्फको मतगणना करिब सकिनै लाग्दा एकीकृत समाजवादीले २ लाख ९४ हजार १०० मत मात्रै पाएको छ ।

प्रतिक्रिया