बाजुरामा अग्रता फराकिलो बनाउँदै बद्री पाण्डे

काठमाडाैं । ढिला गरी मतगणना शुरू भएको बाजुरामा नेपाली कांग्रेसका बद्री पाण्डेले अग्रता फराकिलो बनाउँदै लगेका छन् । पछिल्लो अपडेटअनुसार पाण्डेले ५ हजार ४१९ मत पाउँदा एमालेका कर्ण थापाले ४ हजार १२९ मत पाएका छन् ।​ उनीहरूबीचको मतान्तर १ हजार २९० छ ।

एमालेले पुन: मतदानको माग गरेकाले लामो समयसम्म गणना शुरू हुन सकेको थिए । निर्वाचन आयोगले बुधवार पुन: मतदान नगर्ने निर्णय गर्दै गणनाका लागि निर्देशन दिएको थियो ।

पछिल्लो चरणमा मतगणना भइरहेका दोलखा र स्याङ्जा २ मा पनि सत्ता गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । गठबन्धनबाट स्याङ्जामा कांग्रेस र दोलखामा माओवादीका उम्मेदवार छन् ।

प्रतिक्रिया