बाँकेमा आधा लाख बढी मत बदर

बाँके । बाँकेमा मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा कुल खसेको मत मध्ये आधा लाखभन्दा बढी मत बदर भएको छ । जिल्ला निर्वाचन कार्यालय बाँकेका अनुसार कुल खसेको मतमध्ये ६४ हजार १ सय ३८ मत बदर भएको हो । कार्यालय प्रमुख रमा पन्तले प्रत्यक्षमा प्रतिनिधिसभातर्फ १५ हजार २ सय २१ मत बदर भएको बताइन् । उनले प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष निर्वाचन प्रणालीको १२ हजार १ सय ५६ मत बदर भएको उनको भनाइ छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ १६ हजार २ सय ७० र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीको २० हजार ४ सय ९१ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । बाँकेको निर्वाचन क्षेत्र नं. १ मा ५ हजार १ सय ६३ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर १ ले जनाएको छ । यो क्षेत्रमा जिल्लामा सबैभन्दा धेरै १ लाख २१ हजार १ सय मतदाता थिए । जम्मा ७५ हजार ९ सय ७४ मत खसेको थियो ।

निर्वाचन क्षेत्र नम्बर २ मा ४ हजार ९ सय ५० बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ९७ हजार ८ सय ९ मतदाता भएकामा ६७ हजार ५ सय ११ मत खसेको थियो । खसेको मतमध्ये ६२ हजार ६ सय १ सदर भएको छ ।

निर्वाचन क्षेत्र नम्बर ३ मा १ हजार १ सय ८ मत बदर भएको प्रमुख पन्तले बताइन् । निर्वाचन क्षेत्र नम्बर १ को (१) २ हजार २ सय ६ र १ को (२) मा १ हजार ९ सय ४८ मत बदर भएको छ । निर्वाचन क्षेत्र नम्बर २ को (१) मा २ हजार ३ सय ८९ र १ हजार ५ सय ३८ मत बदर भएको छ । निर्वाचन क्षेत्र नं. ३ को (१) मा २ हजार ८७ र ३ को (२) मा १ हजार ९ सय ८८ मत बदर भएको थियो । प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ निर्वाचन क्षेत्र नं. १ मा ७५ हजार ७ सय ७२ मत खसेकामा ६९ हजार ७ सय ५६ सदर र ५ हजार ७ सय ७ बदर भएको छ ।

प्रतिक्रिया