दोलखामा १४ सय मतले गंगा कार्की अगाडि

{“caption”:”\u092e\u093e\u0913\u0935\u093e\u0926\u0940 \u0915\u0947\u0928\u094d\u0926\u094d\u0930\u0915\u093e \u0917\u0902\u0917\u093e \u0915\u093e\u0930\u094d\u0915\u0940 \u0930 \u090f\u092e\u093e\u0932\u0947\u092c\u093e\u091f \u092c\u093e\u0932\u0915\u0943\u0937\u094d\u0923 \u0936\u093f\u0935\u093e\u0915\u094b\u091f\u0940 “,”photographer”:””,”alt_text”:””}

काठमाडौं । दोलखाको मतगणना जारी छ। रातिबाट सुरु भएको त्यहाँको मतगणनामा नेकपा माओवादी केन्द्रकी उम्मेदवार गंगा कार्कीले सुरुवाती अग्रता लिएका छन् ।

मुख्य निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठका अनुसार अहिलेसम्म ३ हजार ६ सय ४३ मतगणना भएको छ । जसमध्ये सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका माओवादीकी कार्कीले २ हजार ३ सय ३९ मत प्राप्त गरेका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बालकृष्ण शिवाकोटीले ९ सय ३२ मत प्राप्त गरेको श्रेष्ठले नेपालखबरलाई जानकारी दिए । उनीहरुबीचको १४ सय ७ मतको अन्तर छ ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका जगदीश खरेलले १ सय १८ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विजय खड्काले ३७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया