बाजुरामा मतगणना सुरू

काठमाडौं । बाजुरामा बिहीबार अपराह्नदेखि मतगणना सुरु भएको छ । बिहीबार बसेको सर्वदलीय बैठकको निर्णयअनुसार मतगणना सुरु गरिएको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।

गत मंसिर ४ गते भएको आम निर्वाचनका क्रममा भएको विवादका कारण हालसम्म मतगणना कार्य सुरू हुन सकेको थिएन । निर्वाचन आयोगको टोलीले निर्वाचनका क्रममा भए गरेका घटनाबारे जाँचबुझ गरी प्रतिवेदन पेस गरेपछि मतगणना गर्न आयोगले निर्देशन दिएको थियो ।

बुधबार नै आयोगले मतगणना गर्न निर्देशन दिए पनि दलहरू सहभागी नभएपछि मत गणना सुरु भएको थियो । बिहीबार भने दलहरुबीच सहमति भएपछि मतगणना सुरु गरिएको हो ।

प्रतिक्रिया