विश्वकप : क्यामरुन र सर्वियाको रोमाञ्चक बराबरी

दोहा । दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेपछि क्यामरुनले फिफा विश्वकप अन्तर्गतसमूह ‘जी’ को खेलमा सोमबार सर्बियासँग ३–३ को रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेको छ । कतारको अल जनौब रंगशालामा सम्पन्न खेलको २९औँ मिनेटमा जिन चार्ल्स कास्टेलेटोले गोल गर्दै क्यामरुनलाई अग्रता दिलाएका थिए । पिएरी कुन्डेले गरेको कर्नर बललाई कास्टेलेटोले पोस्टको दिशा दिएका थिए । जारी विश्वकपमा क्यानरुनको यो पहिलो गोल हो ।

तर, पहिलो हाफको इन्जुरी टाइममा स्ट्राहिन्जा पाव्लोभिचले गोल गर्दै सर्बियालाई खेलमा फर्काएका थिए । डुसन टाडिचबाट आएको बलमा पाव्लोभिचले हेडर गोल गरे । सर्बियाको पनि जारी विश्वकपमा यो पहिलो खेल हो । त्यसको अर्को मिनेटमा सर्जे मिलिन्कोभिचले गोल गर्दै सर्बियालाई २–१ को अग्रता दिलाएका थिए । उनले १८ यार्ड बक्सबाहिरबाट बललाई ‘फर्स्ट बार’ को जाली चुमाए ।

५३औँ मिनेटमा मिनेटमा एलेक्सान्डर मिट्रोभिचले सर्बियाको अग्रतालाई ३–१ मा पु¥याए । एन्ड्रिजा जिव्कोभिचले पेनाल्टी बक्सभित्रबाटै मिलाएको बलमा मिट्रोभिचले ‘फर्स्ट टच’ गोल गरे । त्यसको दुई मिनेटपछि नै एरिक म्याक्सिम चोउपो–मोटिङले गोल गर्दै क्यामरुनलाई बराबरीमा फर्काएपछि खेल रोमाञ्चक बनेको थियो । उनले भिसेन्ट अबोउबाकरको पासलाई पोस्टको दिशा दिएका थिए ।
बराबरीसँगै एक–एक अंक जोडेका क्यामरुन र सर्बिया तालिकामा क्रमशः तेस्रो र चौथो स्थानमा छन् । यसअघि पहिलो खेलमा दुवै टिम पराजित भएका थिए । पहिलो खेलमा क्यामरुन स्वीट्जरल्यान्डसँग १–० ले र सर्बिया ब्राजिलसँग २–० ले पराजित भएको थियो । क्यामरुनले अब अन्तिम खेलमा ब्राजिलसँग र सर्बियाले स्वीट्जरल्यान्डसँग खेल्नेछ ।

प्रतिक्रिया