प्रतिनिधिसभाका १५८ सिटको मतपरिणाम सार्वजनिक

काठमाडाैं । प्रतिनिधिसभामा अहिलेसम्म १ सय ५८ क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । अहिलेसम्म नेपाली कांग्रेस ५३ सिटका साथ पहिलो पार्टी बनेको छ । त्यस्तै, नेकपा एमालेले ४२ सिट जितेको छ । नेकपा माओवादी केन्द्रले १७ र नेकपा एकीकृत समाजवादीले १० सिट जितेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीका उम्मेदवार सात/सात सिटमा निर्वाचित भएका छन् ।

त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले चार, नागरिक उन्मुक्ति पार्टीले तीन, जनमत पार्टी, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले एक/एक सिटमा जितेका छन् । पाँच स्थानमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

प्रतिक्रिया