समानुपातिकतर्फ ९२ लाख ५० हजार मत गन्दा कुन दलले कति मत ल्याए ?

काठमाडाैं । प्रतिनिधिसभातर्फको समानुपातिक मततर्फ नेकपा एमाले पहिलाे स्थानमै कायम रहेकाे छ । ९२ लाख ५० हजार ८९१ मत गन्दा एमालेले २५ लाख २२ हजार ७२० मत प्राप्त गरेकाे छ । एमालेलाई नेपाली कांग्रेसले २३ लाख ९० हजार ३२८ मत ल्याइ पच्छाइरहेकाे छ ।

तेस्राे स्थानमा भने नेकपा माओवादी केन्द्रलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी आएकाे छ । उसले १० लाख ६० हजार ८८९ मत पाएको छ । चाैथाे स्थानकाे नेकपा माओवादी केन्द्रले १० लाख ५४ हजार ९९७ मत प्राप्त गरेकाे छ ।

यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ४४ हजार ४७०, जनता समाजवादी पार्टीले ३ लाख १९ हजार ४५०, जनमत पार्टीले २ लाख ५६ हजार ३३, नेकपा एकीकृत समाजवादीले २ लाख ४९ हजार ११८, नागरिक उन्मुक्ति पार्टीले २ लाख ३७ हजार ९३३, लाेकतान्त्रिक समाजवादी पार्टीले १ लाख २६ हजार ४१, नेमकिपाले ७२ हजार ७५१ र हाम्राे नेपाली पार्टीले ५२ हजार ८०८ मत प्राप्त गरेकाे छ ।

प्रतिक्रिया