‘डेसान’ को ट्रेलर सार्वजनिक (भिडियाेसहित)

काठमाडौं । सामाजिक विषयमा निर्माण गरिएको फिल्म ‘डेसान’ को ट्रेलर सार्वजनिक भएको छ । मंसिर २३ गतेबाट प्रदर्शन हुने फिल्मको ट्रेलरमा नारी संवेदना, पारिवारिक प्रेम, धोकाले प्राथमिकता पाएको छ । कमल एक्चै मगर निर्देशित फिल्ममा भोला सापकोटा, नम्रता सापकोटा, निशान चौहान, पुनम थापा, कविता आले, आरुषजंग सारु, मलिका बस्नेत, प्रमिशा सारु मगर लगायतको अभिनय छ ।

पर्फमिङ आर्ट कृयसनको ब्यानरमा कृशाला मगर कार्यकारी निर्माता रहेको फिल्मको कथा राजु काउचाले लेखेका हुन् भने पटकथा र सम्वाद निर्देशक मगरकै हो । चक्रबहादुर महर्जनले खिचेको फिल्ममा हरि लम्सालको संगीत, राजु थापाको शब्द तथा प्रताप दास र प्रविशा अधिकारीको स्वर तथा अजय स्याङतेनको कोरियोग्राफी छ । मिलन श्रेष्ठले सम्पादन गरेको फिल्मको वितरण एफडि, जिजिए ग्रुप र रिच इन्टरटेन्मेन्टले गर्दैछ ।

प्रतिक्रिया