विदेशी रकम र कथित विज्ञको ‘प्रशिक्षण’ बहिष्कार गर्नु देशको हितमा हुनेछ : भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले सांसदलाई ‘प्रशिक्षण’को नाममा ५० लाख डलर विदेशी सहयोग लिनु राजनीतिको मूललाई वाह्य प्रभावमा राख्ने चाल भएको बताउका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले ‘शीर्ष’ भनिनेहरूका यस्तै कुकृत्यले वाह्य हस्तक्षेप बढी राज्य निरन्तर कमजोर बनिरहेको बताएका हुन् ।

उनले लेखेका छन्

सांसदलाई ‘प्रशिक्षण’ दिन ५० लाख डलर विदेशी सहयोग सरकारले लिने रे!चुनावमा अर्बौं खर्च गर्नसक्ने राज्यले सांसदलाई ‘प्रशिक्षण’को नाममा उक्त रकम लिनु राजनीतिको मूललाई वाह्य प्रभावमा राख्ने चाल हो । ‘शीर्ष’ भनिनेहरूका यस्तै कुकृत्यले वाह्य हस्तक्षेप बढी राज्य निरन्तर कमजोर बनिरहेको छ ।

उक्त रकमको आडमा अब सांसदलाई ‘प्रशिक्षण’ दिन कथित विदेशी विज्ञ आउने छन् । नयाँ सांसदहरूलाई प्रशिक्षण दिन नेपालसंग रकम छ । प्रशिक्षण दिनसक्ने जनशक्ति छ । वाह्य शक्तिको चाकरी किन ? प्रमं देउवाले नेपाली जनतालाई जवाफ दिनुहोस् ।

विगतमा पनि संसद र सांदलाई प्रभावमा राख्न विदेशी रकम लिएर संचालन गरिएको ‘प्रशिक्षण’ को कतिपय सांसदले बहिष्कार गरेपछि रोकिएको थियो । अहिले पनि नवनिर्वाचित सांसदहरूले विदेशी रकम र कथित विज्ञको ‘प्रशिक्षण’ बहिष्कार गर्नु देशको हित र स्वाभिमानको रक्षा हुनेछ ।

प्रतिक्रिया