२६–११ घटनामा शहादत भएकाको स्मरणमा जनकपुरधाममा श्रद्धाञ्जलीसभा

जनकपुरधाम । भारतको मुम्बईमा भएको २६–११ घटनामा शहादत प्राप्त गरेका व्यक्तीहरुको स्मरणमा जनकपुरधाममा श्रद्धाञ्जलीसभा गरिएको छ ।

शनिबार मानवता संरक्षण मञ्चले शान्तिपूर्ण केण्डल मार्च निकाल्दै आजकै दिन मुम्बईको विभिन्न ठाउँमा भएको आतंकवादी हमलामा परि मृत्युवरण गरेका व्यक्तिहरुको सम्झना गरेको छ ।

जनकपुरधामको रेल्वे स्टेशनदेखि विभिन्न किसीमको प्लेकार्डसहित निस्केको केण्डल मार्च जनकचोकमा गई कोणसभामा परिणत भएका थिए । कोणसभामा कोल्दै मञ्चका संयोजक सुनिलकुमार यादवले आतंकवाद र आतंकवादी मानवताको दुश्मन भएकोले यसको विरुद्ध खुलेर बोल्नुपर्ने बताए ।

उनले नेपालमा पनि आतंकवादको गतिविधीहरु बढ्दै गएकोले समयमै सजग हुन सरकारलाई आग्रह गर्दै आतंकवादवाद विरुद्ध आन्तराष्ट्रिय निकायमा कडारुपमा आवाज उठाउनुपर्ने समय आएको बताए ।

आतंकवादको कुनै जाती र धर्म नभएकोले आतंकवाद विरुद्ध सबैको साथ र सहयोगको आवश्यकता रहेको उनको भनाई थियो । मञ्चले मृतकहरुको चिरशान्तिका लागि मैन बत्ती प्रज्वलन गरि श्रद्धाञ्जली व्यक्त गरिएको थियो भने कार्यक्रममा विभिन्न सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया