मिलीजुली सरकार बनाउनुपर्ने अवस्था आयो : ओली

सुरुङ्गा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अब मुलुकमा मिलीजुली सरकार निर्माण गर्नुपर्ने अवस्था आएको बताएका छन् ।

झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित ओलीले झापाको दमकस्थित निर्वाचन आयोगमा प्रमाणपत्र ग्रहण गर्दै सो धारणा राखेका हुन् ।

पूर्वप्रधानमन्त्री ओलीले नेकपा (एमाले) ले मुलुकमा स्थिरता, स्थायित्व कायम गर्न खोजेको तर त्यसअनुसार निर्वाचनको परिणाम भने नआएकाले मिलीजुली सरकार बनाउनेतर्फ राजनीतिक पार्टी लाग्नुपर्ने अवस्था सिर्जना भएको बताए ।

उनले अबको एक–दुई वर्ष बहुमतको सरकार बनाउन गाह्रो हुने र बहुमतको सरकार बनिहाले पनि टिकाउन गाह्रो हुने बताए । यो निर्वाचन परिणामले मुलुक अस्थिरतातर्फ जाने खतरा बढेको उनले तर्क गरे ।

प्रतिक्रिया