प्रतिनिधिसभा र प्रदेशका नवनिर्वाचित सासंदलाई प्रमाणपत्र वितरण

रुकुम पूर्व । रुकुम पूर्वबाट प्रदेश र प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकारुलाई प्रमाणपत्र प्रदान गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज एक कार्यक्रमको आयोजना गरी जिल्लाबाट निर्वाचित भएकाहरुलाई प्रमाणपत्र वितरण गरेको हो ।

प्रतिनिधिसभाका सदस्य पूर्णबहादुर घर्ती, प्रदेससभा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सुरुल पुन र २ बाट निर्वाचित धनबहादुर केसीलाई प्रमाणपत्र प्रदान गरिएको छ ।

मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा प्रतिनिधिसभा तर्फ गठबन्धनबाट माओवादी केन्द्रका घर्ती विजयी भएका छन् ।

प्रदेश निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा माओवादीका स्वतन्त्र उम्मेदवारी दिएका पुन र निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनबाट नेपाली कांग्रेसका केसी विजयी भएका हुन् । क्षेत्र नम्बर १ मा विजयी भएका पुन माओवादी केन्द्रका पूर्व कार्यकर्ता हुन् ।

विजयी तीनै जनालाई मुख्य निर्वाचन अधिकृत श्यामलाल घिमिरेले प्रमाणपत्र प्रदान गरे । यस्तै निर्वाचनलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारलाई घिमिरेले सम्मानपत्र प्रदान गरेका छन् ।

जिल्लास्थित सुरक्षा निकायका प्रमुखलाई पनि सम्मानपत्र प्रदान गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृत घिमिरेको अध्यक्षतामा भएको प्रमाणपत्र प्रदान कार्यक्रमको सञ्चालन जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओलीले गरेका थिए ।

मदन विसी

रुकुम पूर्व

प्रतिक्रिया