मकवानपुर १ बाट राप्रपाका दीपक सिंह निर्वाचित

मकवानपुर । मकवानपुर निर्वाचन नम्बर- १ बाट प्रतिनिधि सभा सदश्यकाे लागि राप्रपाका दीपकबहादुर सिंह विजयी भएका छन् । कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनालाई पछि पार्दै राप्रपाका दीपकबहादुर सिंह निर्वाचित भएका हुन् । उनी गत स्थानीय तहकाे निर्वाचनमा हेटाैंडा उपमहानगरमा मेयरमा हारेका थिए ।

निर्वाचित सिंहले २७ हजार ८१६ मत ल्याउँदा डिनाले २५ हजार ४३४ मत पाएकी छन् । एमालेको समर्थन रहेका कमल थापाले २५ हजार ४२० मत पाएका छन् ।

प्रतिक्रिया