लोसपाले खाता खोल्यो, रुपन्देही-४ मा सर्वेन्द्रनाथ शुक्ला विजयी

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रतिनिधिसभा सदस्यतर्फ पहिलो जित हात पारेको छ । रुपन्देही क्षेत्र नम्बर ४ का लोसपा उम्मेदवार सर्वेन्द्रनाथ शुक्ला २८ हजार मतसहित विजयी भएका हुन् ।

उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रमोदकुमार यादवले २२ हजार ७ सय ४ मत प्राप्त गरे । जनमत पार्टीका भोपेन्द्रप्रसाद यादवले १५ हजार ५ सय २६ मत ल्याएर तेस्रो भए । जसपाका ओमप्रकाश यादवले २ हजार ६ सय २३ मत पाएको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया