रौतहटको ४ क्षेत्रमा को कति मतले अघि ?

रौतहट । रौतहटको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समावजादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो अग्रता बढाएका छन् । नेता नेपालले १९ हजार ७ सय ८९ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार अजय गुप्ताले १५ हजार १ सय ३८ मत प्राप्त गरेका छन् ।

नेता नेपाल ४ हजार ६ सय ५१ मतका साथ अग्र स्थानमा छन् । त्यस्तै क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार फिरदोस आलमले ९ हजार ५ सय ७० मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार किरण साहले १० हजार ३ सय ५२ मत प्राप्त गरेका छन् ।

साहले कांग्रेसका आलमभन्दा ७ सय ८२ मत बढी प्राप्त गर्दै अग्रता कायम गरेका छन् । त्यस्तै क्षेत्र नम्बर ३ मा एमालेको टिकट त्यागेर स्वतन्त्र उठेका नेता प्रभु साहले ११ हजार ३ सय ७ मत प्राप्त गरेका छन् भने अर्का स्वतन्त्र उम्मेदवार ओमप्रकाश जयसवालले ९ हजार ७ सय ३ मात प्राप्त गरेका छन् ।

साह १५ सय ९८ मतका साथ अग्र स्थानमा छन् भने क्षेत्र नम्बर ४ मा कांग्रेसका देवप्रसाद तिमिल्सिनाले १५ हजार ५ सय ८६ मत प्राप्त गरेका छन् । एमालेका उद्धव रेग्मीले १२ हजार ९ सय २५ मात प्राप्त गरेका छन् । तिमलसिना २६ सय ६१ मतका साथ अग्र स्थानमा छन् ।

प्रतिक्रिया