काठमाडौं । मंसिर ४ गते भएको मतदानको मतपरिणाम आउनेक्रम जारी छ। केही ठाउँमा मंसिर ४ गतेदेखि नै र केही ठाउँमा मंसिर ५ गतेदेखि गणना सुरु भएकाले बुधबारसम्म धेरै मतपरिणाम आइसक्ने अनुमान गरिएको छ।
अहिलेसम्म सत्ताको नेतृत्वकर्ता नेपाली कांग्रेसले १३ ठाउँमा जित दर्ता गर्दा प्रतिपक्षी दल एमाले तीन ठाउँमा विजयी भएको छ। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंका तीन ठाउँमा जित दर्ता गर्दै विजयको पाइला अगाडि सारेको छ।
माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले एक ठाउँमा जितेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लेसमेत एक सिट जितेको छ। नागरिक उमुक्ति पार्टीले कैलालीमा एक सिट जितेको छ।
अहिलेसम्म कुन दलले कति सिट जिते ?
राष्ट्रिय स्वतन्त्र पार्टी
सोविता गौतम, काठमाडौं -२
विराजभक्त श्रेष्ठ, काठमाडौं – ८
गणेश पराजुली, काठमाडौं – ७
नेकपा (एमाले)
प्रेमबहादुर महर्जन, ललितपुर-२
कृष्णगोपाल श्रेष्ठ, काठमाडौं-९
डम्बरबहादुर रायमाझी, उदयपुर-२
प्रतिक्रिया