सोरुमा गठबन्धनले मतदानकेन्द्र कब्जा गरेको एमालेको आरोप

सोरु गाँउपालिकाको पाँच मतदान केन्द्र गठबन्धनले कब्जा गरेको भन्दै मुख्य निर्वाचन अधिकृत कार्यालयको परिसरमा पत्रकार सम्मेलन गर्दै एमालेका उम्मेदवार ।

मुगु । यही मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा सोरु गाँउपालिकाको पाँचवटा मतदान केन्द्रमा गठबन्धले मतदानकेन्द्र कब्जा गरेको आरोप लागाइएको छ ।

आज बिहान मुख्य निर्वाचन कार्यालय अगाडि नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजबहादुर कार्की र प्रदेश निर्वाचन क्षेत्र (ख) का उम्मेदवार कर्णबहादुर मल्लले पत्रकार सम्मेलन गरी गठबन्धनले सोरु गाँउपालिकाको पाँच मतदान केन्द्रलाई आफ्नो कब्जामा लिएर एकतर्फी मतदान गरेको आरोप लगाएका हुन् ।

काठमाडौं र विदेशमा रहेका साथै मृत्यु भएका मतदाताहरुको मतदान गठबन्धनका नेता कार्यकर्ताले सोरु गाँउपालिकाको १, २, ४, ५ र ६ वडाका पाँच मतदान केन्द्र कब्जामा लिएर एक तर्फी मतदान गरेको उक्त मतदान केन्द्रमा रहेका आफ्ना पार्टी प्रतिनधीलाई मार्ने धम्कीसमेत दिँदै मतदान केन्द्र कब्जामा लिएको पत्रकार सम्मेलनमा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार राजबहादुर कार्कीले बताए ।

यी मतदान केन्द्रमा गठबन्धनले बिहान मतदान सुरु भएदेखि मतदान सकिँदासम्म मतदान केन्द्र आफ्नो कब्जामा लिएर जिल्ला बाहिर र विदेशमा रहेकाहरुको समेत मतदान भइरहेको साथै आफ्ना ती मतदान केन्द्रमा रहेका प्रतिनिधिहरुलाई मार्ने धम्की दिएको जानकारी बिहानै मुख्य निर्वाचन अधिकृतलाई जानकारी दिएको भएपनि आफूले दिएको जानकारीलाई बेवास्ता गरेका एमालेका प्रदेश उम्मेदवार कर्णबहादुर मल्लले बताए ।

जिल्लाका सबै मत पेटिका मंगलबारसम्म पुगिसकेका भएपनि सर्वदलिय बैठकमा एमालेले यी मतदान केन्द्रमा पुनः निर्वाचन गर्नुपर्ने अडानले मंगलबार रातिबाटै मतणना गर्ने तालिका बनाए पनि मंगलबार राति अबेरसम्म सहमति नहुँदा बुधबार बिहान ८ः३० बजेबाट मतगणना भएको छ ।

प्रतिक्रिया