पूर्वी नवलपरासी २ को दुवै प्रदेशमा एमाले विजयी

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)–२ को दुवै प्रदेशमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् । क्षेत्र–२ (१) र (२) मा क्रमशः एमाले नेतृ पद्मा जिसी श्रेष्ठ र लक्ष्मण पाण्डे विजयी भएका हुन् ।

श्रेष्ठले १९ हजार तीन सय ७८ ल्याएर विजयी भइन् भने उनका प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का सौगमकुमार सिरपालीले १४ हजार सात सय ४३ मत ल्याए ।

यो क्षेत्रमा विसं २०७४ को निर्वाचनमा कांग्रेस विजयी भएको थियो । त्यसैगरी (२) मा पाण्डेले १८ हजार ८ सय ६ मत पाएका छन् भने उनका प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी) का गोपाल खनालले १४ हजार सात सय ६१ मत पाएका छन् ।

प्रतिक्रिया