कैलाली– ५ मा एमालेका रानालाई सुरुवाती अग्रता

धनगढी । कैलाली निर्वाचन क्षेत्र नं. ५ मा प्रतिनिधिसभातर्फ नेकपा एमालेका उम्मेदवार नारदमुनि रानाले सुरुवाती अग्रता लिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार १ हजार ९५३ मत गणना हुँदा एमालेका उम्मेदवार रानाले ७२८ मत प्राप्त गरेका छन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका डिल्लीराज पन्तले ५८० मत प्राप्त गरी दोस्रो स्थानमा छन् भने स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझा २३६ मत सहित तेस्रो स्थानमा छन् ।सो क्षेत्रमा गत निर्वाचनमा एमालेका रानाले जितेका थिए ।

प्रतिक्रिया