कैलाली ३ मा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी विजयी

धनगढी । कैलाली क्षेत्र नं. ३ मा प्रतिनिधि सभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार गंगाराम चौधरी विजयी भएका छ्न । चौधरीले २३ हजार १२० मत प्राप्त गरि विजयी भएका हुन ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरी १७ हजार ७४९ मत ल्याएर पराजित भएका छ्न । त्यस्तै एमालेका उम्मेदवार गौरीशंकर चौधरी ९ हजार ८७४ मत प्राप्त गरेका छ्न । सो क्षेत्रमा ६३ हजार ४४० मत खसेको र ४ हजार २१ बदर भएको निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।

प्रतिक्रिया