धनगढी । कैलालीका प्रतिनिधिसभाका तीन निर्वाचन क्षेत्रमा नागरिक उन्मुक्ती पार्टीले अग्रता लिएको छ । ५ वटा निर्वाचन क्षेत्र रहेको कैलालीमा ३ क्षेत्रमा सुरुवातीदेखि नै सो पार्टीले लिएको अग्रता कायमै राखेको हो । निर्वाचन क्षेत्र नं. १,२ र ३ मा नागरिक उन्मुक्ति पार्टीले अग्रता कायमै राखेको छ भने क्षेत्र नं. ४ मा कांग्रेसलाई पछि पार्दै एमालले अग्रता लिएको छ ।
क्षेत्र नम्बर १ मा १२ हजार २६५ मतको गणना हुँदा नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार रञ्जिता श्रेष्ठले ५ हजार ४९० मतका साथ अग्र स्थानमा छन । उनलाई पछ्याइरहेका सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका रामजनम चौधरीले ३ हजार ५९३ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार तपेन्द्र रावलले १ हजार २१७ मत प्राप्त गरेका छन् ।
त्यस्तै क्षेत्र नम्बर २ मा पनि नागरिक उन्मुक्ति पार्टीले सुरुवाती देखि लिएको अग्रता कायमै राखेको छ । उन्मुक्ति पार्टीका उम्मेदवार अरुणकुमार चौधरीले १ हजार ६६० मतका साथ अग्रता कायमै राखेका छन् । उनलाई पछयाइरहेका सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका भगत बडुवालले १ हजार २६९ मत ल्याएका छन् भने एमालेका उम्मेदवार झपट रावलले १ हजार १९ मत प्राप्त गरेका छन् । सो क्षेत्रमा ४ हजार ३२१ म्त गणना भएको जनाइएको छ ।
त्यस्तै क्षेत्र नम्बर ३ मा पनि नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरीले अग्रता कायमै राखेका छन् । ४२ हजार ४६ मत गणना हुँदा चौधरीले १३ हजार ८५८ मत प्राप्त गरेका छन् । उनका प्रतिष्पर्धी सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका कृष्णकुमार चौधरीले ११ हजार १६२ मतका साथ पछ्याइ रहेका छन् ।
कैलाली क्षेत्र नम्बर ४ मा सुरुवात देखि अग्रता लिएका नेपाली कांग्रेसका उम्मेदवार बीरबहादुर बलायरलाई पछि पार्दै नेकपा एमालेका लेखराज भट्टले अग्रता लिएका छन् । भट्टले ४ हजार ५६८ मत प्राप्त गरेका छन् भने बलायले ४ हजार ५३१ म्त प्राप्त गरेका छन् ।
भट्ट र बलायर झिनो मतान्तरले अघिपछि भइरहेका छन् बलायल नेपाली कांग्रेसका प्रदेश सभापति हुन भने भट्ट एमालेका केन्द्रीय सचिव हुन् । क्षेत्र नं. ५ मा भने अझै मतगणना सुरु हुन सकेको छैन् ।
कैलाली
प्रतिक्रिया