धादिङ १ गल्छी गाँउपालिकाको मतगणनामा पाण्डे १८३ मतले अगाडी

धादिङ । धादिङ क्षेत्र नं. १ मा पहिलो चरणको मतगणनामा राजेन्द्रप्रसाद पाण्डेले अग्रता लिएका छन् । सोमबार दिँउसोबाट पहिलो चरणमा गल्छी गाँउपालिकाको मतगणना गर्दा पाण्डेले १८३ ले अग्रता गरेका हुन् । गल्छीको ८ वटै वडाको मतगणना गर्दा बाम लोकतान्त्रीक गठबन्धनबाट उम्मेदवारी दिएका पाण्डेले ५ हजार ३७१ मत पाएका छन् । त्यस्तै एमालेका भूमी प्रसाद त्रिपाठीले ५ हजार १८८ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले १ हजार ५६५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय गल्छीले जनाएको छ ।

कुल २० हजार ५१४ मतदाता रहेको गल्छी गाँउपालिकामा १२ हजार २८२ मत खसेको थियो । जसमध्ये १२ हजार १२४ मत सदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय गल्छीले जनाएको छ ।

प्रतिक्रिया