इलाम २ मा कांग्रेसका खड्कालाई पछ्याउदै एमालेका नेम्वाङ, मतान्तर ५ मात्र

इलाम । इलाम प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका सभापति डम्बरबहादुर खड्काले अग्रता कायम राखेका छन् । पछिल्लो मतपरिणा अनुसार १ हजार ६ सय २३ मत गन्दा खड्काले नेकपा एमालेका उपाध्यक्ष एवम् संविधानसभाका पूर्वअध्यक्ष सुवासचन्द्र नेम्बाङलाई ५ मतले पछि परेका छन् । खड्काले ५ सय ४३ मत पाउँदा नेम्बाङले ५ सय ३७ मत पाएका छन् ।

नेम्बाङले अग्रता भने घटाउन सफल भएका छन् । खड्कालाई गठबन्धनको साथ रहेको छ । यस्तै राष्ट्रिय जनमुक्ति पार्टीका खड्गबहादुर पालुङ्वाले ३ सय ७२ मतका साथ तेस्रो स्थानमा पच्याइरहेका छन् ।
१ लाख १५ हजार ४ सय २३ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार ८५ मत खसेको थियो ।

प्रतिक्रिया