धनगढी । कैलाली– १ मा प्रतिनिधिसभातर्फ नागरिक उन्मुक्ति पार्टीले सुरुवाती अग्रता लिएको छ ।
निर्वाचन अधिकृत कार्यालयका अनुसार नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार रञ्जिता श्रेष्ठले ३३, गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका रामजनम चौधरीले २७ र नेकपा एमालेका उम्मेदवार तपेन्द्र रावलले २३ मत प्राप्त गरेका छन् ।
हालसम्म १०० मतगणना भएको जनाइएको छ । सो क्षेत्रबाट गत निर्वाचनमा राजपाबाट उम्मेदवार बनेका रेशम चौधरीले भारी मतान्तरले चुनाव जितेका थिए ।
कैलाली
प्रतिक्रिया