पाँचथर । जिल्लाको मतगणना सोमबार दिउँसोबाट सुरु हुने भएको छ । बिहान ११ वजे सर्वदलीय बैठक बसेर गणना सुरु गर्ने तयारी रहेको मुख्य निर्वाचन अधिकृत टिकेन्द्र दाहालले जानकारी दिए ।
मतगणना फिदिमस्थित जिसस नजिकैको सिटी हलमा गर्ने तयारी गरिएको छ । आइतबार सम्पन्न प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा जिल्लाका सबै मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम आइपुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
जिल्लाका १ सय ७७ वटै केन्द्रबाट मत पेटिका सदरमुकाम ल्याइएको हो । आयोगले उपलब्ध गराएको प्रारम्भिक जानकारी अनुसार पाँचथरमा ५४ प्रतिसत मत खसेको छ ।
प्रतिनिधिसभा सदस्य पदका लागि १ र प्रदेशसभा सदस्यका लाग २ वटा निर्वाचन क्षेत्र रहेको पाँचथरमा १ लाख ३८ हजार ९ सय ३२ मत मतदाता रहेकोमा ७४ हजार ८ सय ९८ जनाले मतदान गरेको विवरण प्राप्त भएको छ । जसमा पुरुष ३९ हजार ६ सय ३७ र महिला ३५ हजार २ सय ६१ जनाले मतदान गरेका छन् ।
प्रतिक्रिया