बैतडीमा मतपेटिका पुर्याएर फर्कँदै गरेको जिप दुर्घटना, तीन प्रहरीको मृत्यु

बैतडी । बैतडीमा प्रहरी सवार जिप दुर्घटना भएको छ । दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–४ निङलाडी खोला भन्ने स्थानमा से १ ज ८५४ नम्बरको जिप दुर्घटना भएको हो ।

मतपेटिका पुर्याएर फर्कँदै गरेको नेपाल प्रहरी टोली सवार जिप दुर्घटना हँदा तीन प्रहरीको घटनास्थलमै मृत्युु भएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए ।

उनले भने, ‘तीन जनाको मृत्युु भएको भन्ने खबर आको छ, उद्धार जारी रहेको आएको खबर छ, म आफैँ घटनास्थल जाँदैछु ।’

जिप सडकबाट करिब तीन सय मिटर तल खसेको बताइएको छ । रातभरि मतपेटिका ढुवानी गरिरहेको र चालकलाई अनिदो भएर दुर्घटना भएको हुन सक्ने प्रजिअ पन्थीको भनाइ छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया