बाजुरामा गोली चल्यो, १ जनाको मृत्यु

बाजुरा । बाजुरामा गोली चल्दा एक जनाको मृत्यु भएको छ। जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ७ स्थित मतदान केन्द्रमा सुरक्षाकर्मीले चलाएको गोलीले एक जनाको मृत्यु भएको हो । सोही ठाउँका सुरेन्द्र (सञ्जिव) ऐडीको गोली लागेर मृत्यु भएको त्यहाँका वडाध्यक्ष जुद्धबहादुर ऐडीले पुष्टि गरे, प्रहरीले भने पहिचान खुलि नसकेकाे बताएकाे छ । वडाध्यक्षले भने, ‘सुरेन्द्र बितिसक्यो, अरु स्थानीयहरु घाइते छन् । यहाँ अवस्था त्रासपूर्ण छ ।’ यस्तै उनका अनुसार गोली चलेपछि केही स्थानीय घाइते भएका छन् । घाइतेहरुको पहिचान हुन सकेको छैन् ।

प्रतिक्रिया