बाजुरामा झडपका कारण रोकिएका तीन स्थानमा पुनः मतदान सूचारु

धनगढी । बाजुरा झडपका कारण रोकिएको तीन स्थानमा पुनः मतदान सूचारु भएको छ ।

खप्तड छेडेदह गाउँपालिका–१, स्वामीकार्तिक खापर गाउँपालिका–४ र त्रिवेणी नगरपालिका– ७ मा पुनः मतदान सूचारु भएको जिल्ला प्रशासन कार्यालय बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी लोकेन्द्रबहादुर विष्टले जानकारी दिए ।

उनले भने, ‘अरु रोकिएका स्थानमा पनि मतदान सूचारु गर्ने प्रयास भैरहेको छ केहिबेरमा मतदान सूचारु हुन्छ ।’

जिल्लामा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा आइतबार बिहान बुढीगंगा नगरपालिका– ८, खप्तड छेडेदह गाउँपालिका–१, स्वामीकार्तिक खापर गाउँपालिका– ३ र ४, बुढीनन्दा नगरपालिका– ५, त्रिवेणी नगरपालिका– ३ र ७ मा मतदान रोकिएको थियो ।

स्थिती नियन्त्रणमा लिन हवाइ फायर गरिएको प्रहरीले जनाएको छ । एक मात्रै प्रतिनिधि सभाको निर्वाचन क्षेत्र रहेको बाजुरामा एमालेबाट कर्णबहादुर थापा र नेपाली कांग्रेसबाट बद्रीप्रसाद पाण्डे प्रमुख प्रतिष्पर्धी रहेका छन् ।

प्रतिक्रिया