बाजुरा । बाजुरामा झडप भएको छ । प्रहरिका अनुसार बुढिनन्द नगरपालिका वडा नम्बर ५ नन्देश्वरीमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप भएको हो ।
दुई पार्टीका कार्यकर्ताबीच झडप भएपछि मतदान स्थगित भएको बाजुरा प्रहरीले जनाएको छ । बिहान पौने ९ बजे झडप भएको बाजुरा प्रहरीले जनाएको छ ।
जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि राजन पाण्डे र टेकबहादुर बढुवाल स्वतन्त्र, एमालेबाट कर्णबहादुर थापा, नेपाली कांग्रेसबाट बद्रीप्रसाद पाण्डे, राप्रपाबाट जंगकुमार गिरी र जनता समाजवादी पार्टीबाट रामबहादुर शाही उम्मेदवार छन् ।
प्रतिक्रिया