देशभर मतदान शुरू : प्रमुख निर्वाचन आयुक्तले गरे मतदान

काठमाडाैं | आज (आइतवार) बिहान ७ बजेदेखि देशभर मतदान सुरू भएको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि देशभर बिहान ७ बजेदेखि एकैसाथ शुरू गरिएको हो । निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता सहभागी हुँदैछन् ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान गरेका छन् । उनले भक्तपुरको लोकन्थलीस्थित युनिक नेपाल एकेडेमीबाट मतदान गरेका हुन् । मतदान साँझ ५ बजेसम्म चल्ने कार्यक्रम रहेको छ ।

देशभरका १० हजार आठ सय ९२ मतदानस्थलमा रहेका २२ हजार दुई सय २७ मतदान केन्द्रबाट मतदाताले मताधिकार प्रयोग गर्ने निर्वाचन आयोगले जनाएको छ ।

यसैगरी एक सय ४१ अस्थायी मतदान केन्द्र र आफूलाई पायक पर्ने तथा आफू खटिएका मतदान केन्द्रबाट करिब चार लाख ५० हजार अस्थायी मतदाताले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्नेछन् ।

मतदानका लागि मतपत्र र निर्वाचन सामग्रीसहित करिब दुई लाख ४६ हजार नौ सय ६० कर्मचारी एवं आवश्यकताअनुसारका सुरक्षाकर्मी मतदानस्थलमा खटाइएको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया