काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको दिन आइतबार सार्वजनिक सवारी साधन आउजाउ गर्न पाउँदैनन् । निर्वाचन आयोगले मतदानको दिन अत्यावश्यकबाहेकका सवारी चल्न नपाउने सूचना जारी गरेको छ । आयोगले एम्बुलेन्स, शव बाहन, दमकल, खानेपानीको ट्यांकर, फोहोरमैला बोक्ने गाडीलाई सञ्चालनका लागि कुनै सवारी पास नचाहिने बताएको छ ।
त्यस्तै दूध बोक्ने सवारी, सूचना तथा प्रशासन विभाग वा प्रदेश सञ्चार रजिष्टारको कार्यालय वा प्रदेश सरकार मातहतको सञ्चार प्राधिकरण वा सरकारी निकायले जारी गरेको परिचपत्रबाहकले पनि सवारी चलाउन पाउनेछन् ।
त्यस्तै प्रेस काउन्सिलमा सूचीकृत भई सञ्चालनमा रहेका सञ्चारगृहबाट जारी परिचयपत्रबाहक सञ्चारकर्मीले पनि सवारी साधन चलाउन सक्नेछन् ।
प्रतिक्रिया