निर्वाचनसम्बन्धी सुरक्षा गोष्ठी सम्पन्न

बझाङ । जिल्लामा निर्वाचनसम्बन्धी सुरक्षा गोष्ठी सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेश कमान्ड पोस्टका प्रतिनिधिहरूद्वारा निर्वाचनसम्बन्धी सुरक्षा गोष्ठी सम्पन्न भएको हो ।

यही मंसिर चार गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनसम्बन्धी बझाङ जिल्लाको वित्थडचिर गाउँपालिका–८ स्थित बागथालामा गोष्ठी सम्पन्न भएको वीरभद्रजंग गुल्मले जनाएकोे छ ।

निर्वाचनलाई निष्पक्ष पारदर्शी र भयरहित बातावरणमा सम्पन्न गर्न वीरभद्रजंग गुल्म बझाङ र बागथालामा रहेको देवीदल गणको सयुंक्त फौजद्वारा स्थापना गरिएको सुरक्षा वेशमा सुदूरपश्चिम प्रदेश कमान्ड पोस्टका प्रतिनिधिहरू उपस्थिति भएका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालसहित जिल्लाका सबै सुरक्षा प्रमुख तथा प्रतिनिधिहरू उपस्थिति थिए । जिल्लाको बागथालामा बसेको सुरक्षा गोष्ठीमा सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालय प्रमुख सचिव नारायणप्रसाद दुवाडी शर्मा, सुदूरपश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी विजय थापा, प्रदेश प्रहरी प्रमुख नायव महानिरीक्षक मोहन आचार्य सशस्त्र प्रहरी बल नेपालका प्रहरी बरिष्ठ उपरीक्षक विश्वकुमार भट्टराई सहितको टोली उपस्थितमा गोष्ठी सम्पन्न भएको थियो ।

प्रतिक्रिया