कोटदेवलमा नमुना मतदान सकियो

बझाङ । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा मत बदरको संख्या घटाउने उद्देश्यले बझाङको मस्टा गाउँपालिका– १ कोटदेवलमा नमुना मतदान गरिएको छ ।

आज (सोमबार) घचाया माध्यमिक विद्यालय कोटदेवलमा जिल्ला निर्वाचन कार्यालय बझाङले आयोजना गरिएको नमुना मतदान थियो ।

अघिल्ला निर्वाचनहरुभन्दा यसपटक फरक ढंगको मतपत्र रहेको हुँदा मतदातालाई मतदान प्रक्रिया सिकाउन नमुना मतदान गरिएको जिल्ला निर्वाचन कार्यालय बझाङका सुब्बा मानबहादुर धामीले बताए ।

जिल्ला निर्वाचन कार्यालय बझाङले बदर मत घटाउन जिल्ला १२ वटा स्थानीय तहका विभिन्न वडामा नमुना मतदान गर्दै आएको छ

प्रतिक्रिया