पाँचथर । जिल्लाका विभिन्न चारवटा स्थानीय तहमा नमुना मतदान गरिएको छ । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा बदर मत घटाउन र मतदान प्रक्रियाबारे आम नागरिकलाई जानकारी गराउन नमुना मतदान गरिएको हो ।
जिल्ला निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालयले पाँचथर क्याम्पस, कुम्मायक, तुम्वेवा, मिक्लाजुङ र फाल्गुनन्द गाउँपालिकामा नमुना मतदान गरिएको आयोजकले जनाएको छ ।
नमुना मतदानमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा मतदान गर्ने प्रक्रियासँगै शान्ति सुरक्षाको व्यवस्थापन र निर्वाचन सामग्रीको प्रयोग गरिएको थियो ।
नमुना मतदानमा १ सय जनाले सहभागिता जनाएका थिए । फिदिम नगरपालिकामा रहेको बहुमुखी क्याम्पस पाँचथरमा शनिबार गराइएको नमुना मतदानमा निर्वाचनमा खटाइने कर्मचारीसँगै मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई मतदाताका रुपमा सहभागी गराइएको थियो । मतदान केन्द्रमा सुरक्षा कर्मी सरकारी अधिकारीहरूको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया