काठमाडौं – ४ गगनलाई स्वतन्त्रको त्रास, राजनलाई ’नयाँ टेष्टको’ आस

काठमाडौं । काठमाडौं ४ मा नेपाली कांग्रेस महामन्त्री गगन थापा र नेकपा एमाले विदेश विभाग प्रमुख राजन भट्टराईबीच हुन लागेको दोस्रो पटक चुनावी प्रतिस्पर्धा रोचक बन्दैछ। यी दुई नेता नै यस क्षेत्रका मूल प्रतिस्पर्धीका रुपमा देखिएका छन् ।
तेसस्रो पटक जितेर ह्याट्रिक’ गर्ने दाउमा थापा छन् भने पहिलोपटक संसद पुग्ने अभिलाषा राखेका भट्टराई यसपटक उनलाई रोक्न कसरत गर्दैछन् । थापासँग दुईपल्ट संविधानसभामा रहेको सहित तीनपटक सांसद बनेको अनुभव छ । संसदीय समितिको सभापति र मन्त्री बनिसकेका उनले पार्टीमा भूमिका समेत बढाएका छन् । पार्टीको कार्यकारी पद महामन्त्री पुगेका उनी तेस्रोपटक निर्वाचित हुने ध्याउन्नमा छन् ।
स्थानीय मतदाता पनि यस पटक पहिला जसस्तो गगन गापालाई सजिलो नहुने दाबी गर्न थालेका छन् । उनी यस क्षेत्रबाट तीन पटक सांसद भइसकेकोले एक पटक राजनलाई हेरौ भन्ने जमात पनि देखा पर्न थालेको छ। यस क्षेत्रमा अहिले गठबन्धन र एमाले बाहेक अरु उम्मेदवारको चर्चा कम चल्ने गरेको छ।

थापा र भट्टराईलाई यस क्षेत्रमा स्थानीय तहको मत हेर्दा आशा र डर दुबैलाई उस्तै छ । काठमाडौं महानगरका वडातर्फ कांग्रेस बलियो देखिन्छ । यस क्षेत्रमा पर्ने बूढानीलकण्ठतिरका वडाको तथ्यांकले भट्टराईलाई बलियो देखाउँछ । महानगरका वडा नं। १, ७, ८, ३० र बूढानीलकण्ठ नगरपालिकाका १, २, ८, ९, १०, ११, १२, १३ वडा यस क्षेत्रमा पर्दछन् । यस क्षेत्रमा पर्ने कुल १२ वडामध्ये काठमाडौंको ७, ८ र ३० मा मात्रै कांग्रेसका वडाध्यक्ष विजयी भएका छन् । क्षेत्रमा पर्ने ९ वटा वडामा एमालेका वडाध्यक्ष निर्वाचित भएका छन् ।

स्थानीय तहको मतको आधार लिने हो भने यो क्षेत्रमा गठबन्धन उम्मेदवारको अवस्था केही बलियो बलियो देखिन्छ । काठमाडौं–४ मा पर्ने वडाहरूमा एमालेले पाएको कुल मत १६ हजार ९८१ छ । दोस्रो स्थानमा रहेको कांग्रेसले १६ हजार ८४ मत पाएको छ । एकीकृत समाजवादीलाई यस प्रदेशको एउटा क्षेत्र छुट्याइएकोले उक्त दलको मत पनि थापालाई थपिने अवस्था बन्नसक्छ ।

स्थानीय तहमा एकीकृत समाजवादीले पाएको मत २ हजार ६८८ छ । माओवादी केन्द्रले छैटौं स्थानको मत ८७३ पाएको थियो । सत्ता गठबन्धनका तीन दलले पाएको मत जोड्दा १९ हजार ६४५ पुग्छ । थापाले यस अघि पाएका वडाको मतमा स्वतन्त्र उम्मेदवारहरुले बढि धावा बोल् ने भएकोले पहिला जसतो गगनको अवस्था ढुक्कको नभएको स्थानीयको भनाई छ। थापाको हार वा राजनको जितमा महानगरको १ , ७ , ८ र ३० वडाको मत निर्णयक हुने बताइएको छ।

एमाले र माओवादी केन्द्रको गठबन्धन हुँदा २०७४ सालको निर्वाचनमा राजन भट्टराई पहिलो पटक प्रत्यक्ष उम्मेदवार बनेका थिए । गगनले २१ हजार ५५८ मत प्राप्त गरी विजयी भए । राजनको पक्षमा १८ हजार १४० मत खसेको थियो ।

प्रतिक्रिया